एमाजनको जंगलमा भेटियो सर्पको नयाँ प्रजातिब्रिस्बेन । एमाजनको जंगलमा वैज्ञानिकहरूले सर्पको नयाँ प्रजाति फेला पारेका छन् । यो पृथ्वीमा अहिलेसम्म भेटिएको सबैभन्दा विशाल सर्प हुन सक्ने आशङ्का गरिएको छ । अस्ट्रेलियाको क्विन्सल्यान्ड विश्वविद्यालयको एउटा टोली इक्वेडरमा पर्ने एमाजन जंगल क्षेत्रमा यस अघि दस्ताबेजमा कतै उल्लेख नगरिएको हरियो एनाकोन्डा खोज्न गएका थिए । वाओरानी जातिका मानिसहरूले पृथ्वीमा अस्तित्व रहेको अहिलेसम्मकै सबैभन्दा ठुलो एनाकोन्डा देखेको भन्दै सर्प खोजी कार्यमा सहभागी हुन निम्तो दिएपछि वैज्ञानिकहरूको टोली त्यतातिर गएका थिए ।Published :- 2 years agoView News Article