जुम्ला कनकासुन्दरीका १८ किसानलाई भेडा वितरणजुम्ला, २१ जेठ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले किसानलाई भेडा वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटबाट कनकासुन्दरी –७ का १८ किसानलाई भेडा वितरण गरिएको कनकासुन्दरी गाउँपालिको पशुपन्छी विकास शाखाका प्रमुख लालबहादुर रावतले बताए ।
कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको रु सात लाख, लाभग्राहीबाट रु चार लाख २० हजार र कनकासुन्दरीको रु दुई लाख ८० हजारको लागतमा भेडा खरिद गरिएको थियो ।Published :- 2 years agoView News Article