खल्बलिँदै चरा संसारपोखरा — धुपी र सल्लाको दानालाई आफ्नो आहार बनाउने पंखथोप्ले महाठुँड चरा शनिबार कास्कीको मादी गाउँपालिकामा हाडे काफल खाँदै गरेको भेटियो । समुद्री सतहबाट ३ हजारदेखि ४ हजार मिटरको उचाइमा पाइने यो चरा अहिले १ हजार ८ सय मिटरको उचाइमा पाइन थालेको छ । हिमाली भेगको धुपी र सल्लाको वनमा बस्ने यो चरा अहिले पहाडको बाक्लो वनमा भेटिन थालेको पन्छीविद् मनशान्त घिमिरेले बताए ।Published :- 2 years agoView News Article