हात्ती हत्या प्रकरण : तस्करले ३ राउण्ड गोली हानेर मारेको पुष्टिकाठमाडौं – झापाको मेचीनगरमा मंगलबार दुवै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको हात्तीलाई गोली हानी मारेको पोष्टमार्टमबाट पुष्टि भएको छ ।
मेचीनगर नगरपालिका–११ स्थित कालिका सामुदायिक वनभित्र मंगलबार दिउँसो एक वयस्क हात्ती मृत फेला परेको थियो । अन्दाजी ४० वर्ष उमेरको वयस्क हात्तीको बुधबार दिउँसो पोस्टमार्टम गर्दा तीन राउन्ड गोली हानेर मारेको कुरा पुष्टि भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए ।Published :- 2 years agoView News Article