Me
Forest Officer (2nd class) Prameshwar Paswan
कालीकोटमा पाइने जडीबुटी लोप हुने अवस्थामाकालीकोटका लेकाली भेगमा पाइने जडीबुटी लोप हुने अवस्थामा पुगेका छन् । कालीकोटका लेकाली क्षेत्रमा अत्यधिक दोहन हुँदा जडीबुटी लोप हुने अवस्थामा पुगेका हुन् । जलवायु परिवर्तन, आगलागी, लोपोन्मुख जडीबुटीको खेती प्रविधिको अभाव, अत्यधिक दोहन तथा चोरी निकासीका कारण बहुमूल्य जडीबुटी दिनप्रतिदिन लोप हुँदै गएका छन् । पछिल्लो समय कालीकोटमा रिठ्ठा, अमला, टिम्मुर, काउलो, सतुवा, बोझो, सालनदाना, चिराइतो, प्राउनबोक्रा, सुठो, सोफनल, दालचिनी, अमरदाना, जटामसी, सुगन्धवाललगायतका जडीबुटीको अभाव हुन थालेको खाँडाचक्र नगरपालिका–१ जडीबुटी व्यवसायी अजबहादुर गिरीले बताए ।
Published :- 2 years agoView News Article