Me
Forest Officer (2nd class) Prameshwar Paswan
इलामको जमुनामा भेटियो जंगली कुकुरइलाम– इलामको सन्दकपुर गाउँपालिका–५, हाँगेथामस्थित धप्परमा निकै महत्वपूर्ण जनावर जंगली कुकुर (कन अल्पिनस) फेला परेको छ । प्रायः तराईमा मात्र पाइने दाबी गरिएको ‘ढोले’ भनिने यो जंगली कुकुर दुई हजार छ सय ५० मिटर उचाईमा फेला परेको हो । वाइल्डलाइफ फोटोग्राफर देबेन खरेल बिहानको समयमा छाउरी जंगली कुकुरको तस्बिर खिच्न सफल भएका हुन् । खरेलले यो जनावर अढाई हजार मिटरभन्दा माथिको उचाईमा भेटिनु निकै महत्वपूर्ण उपलब्धि भएको बताए । ‘यो कुकुर प्रायः तराईमा मात्र पाइन्छ भनिन्छ तर कसैसँग यसको फोटो छ कि छैन, मलाई जानकारी भएन,’ खरेलले भने, ‘यो चाहिँ निकै इम्पोर्टेन्ट रेकर्ड हो । बरु स्याल देखिन्छ, फ्याउरो, दुम्सी, मृग देखिन्छ तर वाइल्ड डग नेपालको त्यो हाइटमा देखिनु ज्यादै नौलो हो । यो सामान्य विषय होइन ।’
Published :- 2 years agoView News Article