कसरी जोगिएला कमल ताल र कमलका जरा ?रुकुम पूर्व — यतिबेला सिस्ने गाउँपालिका–५ रुकुमकोटमा रहेको कमल तालमा कमलको जरा निकाल्ने सिजन हो । अचारका रुपमा प्रयोग गरिने जरा निकाल्न भइरहेको हानथापले भने तालबाट कमल नै लोप हुने जोखिम बढेको छ । शनिबार तालबाट कमलको जरा निकाल्न भरमार मान्छे पसेको तस्बिर र भिडियो सार्वजनिक भएपछि यस विषयमा चासो र चिन्ता बढेको छ । जिल्लाको पहिचानका रुपमा समेत रहेको यो तालमा पाइने कमलको जरा फागुन मध्यबाट चैतसम्म निकाल्ने गरिन्छ ।Published :- 2 years agoView News Article